|
Photo : Goal.com

क्याटलान जाइन्ट बार्सिलोना च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा युभेन्टससँग ३–० ले पराजित भएको छ। यससँगै बार्सिलोनाको सेमीफाइनल सपना कमजोर बनेको छ। सेमीफाइनल पुग्ने हो भने २० अप्रिलमा हुने दोस्रो लिगमा उत्कृष्ट पुनरागमन गर्नुपर्ने हुन्छ।

त्यसो त बार्सिलोनाले राउण्ड अफ सिक्स्टिनमा पीएसजीसँग पहिलो लेग ४–० ले हारे पनि दोस्रो लेगमा ६–१ को जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको थियो। तर, यस्तो चमत्कार सधैँ भइराख्दैन।

गएराति बार्सिलोनालाई पराजित गर्ने क्रममा पाउलो ड्याबेलाले २ तथा चिलेनीले १ गोल गरे। बार्सिलोनाले खेल अवधिभर कुनै गोल फर्काउन सकेन र पराजित हुनपुग्यो।

बार्सिलोनाका लागि यो साता निकै नै दुःखद् रह्यो। सप्ताह्नमा तुलनात्मक कमजोर प्रतिद्वन्द्वी मालागासँग ला लिगामा निरास हुँदा बार्सिलोनालाई उपाधि होडमा गम्भीर धक्का लागेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.