|

काठमाडाै‌ं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको हेडक्वार्टर वैठकमा बिहीबार स्थानीय तह निर्वाचनको विषयमा छलफल भएको छ।

वालुवाटारमा विहीबार दिउँसो ३ बजे सुरु भएको बैठकमा बोल्ने नेताहरुले स्थानीय तहको निर्वाचन घोषित मितिमा नै गर्नुपर्ने बताएका थिए। वैठकमा सबै प्रदेशका इन्चार्जले आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए। 

हेडक्वार्टर सदस्य मणि थापाले थाहाखबरसँग भने 'आवश्यक परे दुई चरणमा गरेरै भएपनि चुनाव घोषित मितिमै गर्ने आग्रह सरकारलाई गरिएको छ।' त्यसैगरी वार्ता र सहमतिका माध्यमबाट सहमतिमा आउन र चुनावमा सहभागी हुन पनि माओवादी केन्द्रले मधेसी मोर्चालाई आग्रह गरेको नेता थापाले जानकारी दिए।

मोर्चासँग निरन्तर वार्ता र संवादमा रहनका सरकारलाई आग्रह गरिएको उनले बताए। स्थानीय तहको चुनावका लागि निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवद्धतापत्रको लागि सुझावहरु आएको र ती सुझाव थपेर परिमार्जन सहित प्रतिवद्धतापत्र प्रकाशन गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा नेता तिलक परियार, उर्मिला अर्याल लगायतले धारणा राखेका थिए। बैठक शुक्रबार विहान १० बजे वालुवाटारमा फेरि बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.