|

इलाम : विद्युतको पोल फेर्न सूर्योदय नगरपालिका–११ की टिका मगरले नेपाल विद्युत प्राधिकरणमा आग्रह गरेको वर्षौ भइसक्यो। तर उनको आग्रह अहिलेसम्म सुनुवाई भएको छैन। 

चार वर्षअघि हावाले लर्काएको काठको पोल फेद नै भाँचिएपछि उनी आफैले टेको लगाउनुपर्‍यो। घर नजिकै टेको लगाएर अड्याएको विद्युतिय पोल ढलेर करेन्ट लाग्ने त्रासले टिकालाई अहिले रातभर निन्द्रा लाग्दैन।

विद्युतको पोलबाट छुट्टिएर लत्रिएको तारले फिक्कल गैरीगाउँका देवेन्द्र गौतमलाई समस्या परेको छ। घाँस दाउरा गर्दा हिड्ने बाटोमा तार लत्रिएपछि उनले ३ महिना अघिदेखि प्राधिकरणलाई समस्या समाधान गरिदिन आग्रह गर्दै आएका छन्। तर अझै सुनुवाई भएको छैन।  

गाउँघर उज्यालो पार्न इलाममा गाडिएका विद्युतिय पोल मर्मत नहुँदा  र वर्षौसम्म नफेरिदाँ समस्या सिर्जना भएको छ। धराप बनेका काठका पोलहरु सुर्योदय मात्रै नभएर इलामका ४ नगरपालिका र ६ गाँउपालिकाको साझा समस्या हो। यस्ता पोल ढलेर करेन्ट लाग्नसक्ने भय सबैलाई छ। 

विद्युत प्राधिकरण, जिविस र उपभोक्ताले विद्युत बिस्तार गरेपछि पोल परिवर्तनका लागि चासो नदिनाले इलामका ७ हजार बढी विद्युतिय पोल स्थानियको लागि टाउको दुखाइको विषय बनेको छ। इलाम सदरमुकाममा मात्रै ८ सय पोल फेर्नुपर्ने अवस्था छ।

मक्किएका र भाँचिएका पोल फेर्नका लागि फलामे पोलको माग गरेपनि थोरैमात्रै प्राप्त हुनाले समस्या बढेर गएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख सिताराम सिग्देलले बताए। वार्षिक रुपमा तीन हजारदेखि पाँच हजारसम्म विद्युतिय पोल माग गरेपनि हरेक आर्थिक वर्षमा एक हजार पाँच सय मात्र प्राप्त हुने गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.