|

काठमाडौं : नयाँ वर्षको पहिलो दिन नेपाली हलहरुमा एकैसाथ ३ फिल्म लागेका छन्। नयाँ वर्षको पहिलो शुक्रबार जगदीश्वर थापाद्वारा निर्देशित 'राधे', दीपेन्द्र के खनालद्वारा निर्देशित 'लभ लभ लभ' र दीपेन्द्र लामाले निर्देशन गरेको 'घामपानी' हलमा लाग्दै छन्।

सुशील पोखरेलको निर्माण र निर्देशक थापाको कथा रहेको 'राधे' मा प्रियंका कार्की, अशिष्मा नकर्मीको अभिनय रहेको छ। एक्सन प्रधान 'राधे' फिल्म सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ।

शर्मिला पाण्डेले निर्माण गरेको ‘लभ लभ लभ’ मा स्वस्तीमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाललगायत कलाकारले अभिनय गरेका छन्। प्रेम कथामा आधारित फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्स दुवैमा लागेको छ।

दीपेन्द्र लामाको निर्देशन रहेको 'घामपानी' मा दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का लगायतको अभिनय रहेको छ। प्रेममा र जातीय भेदभावको द्वन्द्व रहेको फिल्म 'घामपानी' मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.