|

दाङ : अवैध रुपमै सञ्चालनमा आएका थुप्रै क्लिनिकहरु जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयले दर्ता वा नविकरण नभएका क्लिनिकहरु बन्द गर्ने सार्वजनिक सुचना जारी गरेपछि सञ्‍चालनमा रहेका धेरै क्लिनिकहरु दर्ताका लागि कार्यालय पुगेका हुन्। 

कार्यालयमा सम्पर्कका लागी पुगेका ७६ वटा क्लिनिकमध्ये ४५ ओटा क्लिनिक दर्ता भएको कार्यालयले जनाएको छ। भर्खरै दर्ता भएका यी क्लिनिकमध्ये अधिकांश क्लिनिकहरु सञ्चालनमा आएको लामै समय भइसकेको छ।

स्वास्थ्य मन्त्रालयको निर्देशन तथा नयाँ निर्देशिका अनुसार कडाई गरेको २ महिनाको अबधिमा दाङ जिल्लामा थप ४५ स्वास्थ्य संस्था जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता भएका हुन्। मन्त्रालयले २०७३ पुस महिनामा निर्देशिका जारी गरी निजी रुपमा सञ्चालन भएका स्वास्थ्य संस्थाहरुलाई फागुन मसान्तभित्र मापदण्ड पुरा गरी जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुन समय दिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यसअघि जम्मा ३१ वटा स्वास्थ्य संस्था मात्र दर्ता भएका थिए। मन्त्रालयको निर्देशनमा कार्यालयले सार्वजनिक सुचना जारी गरेपछि आधा बढी स्वास्थ्य संस्थाले ५ गुणा बढी दस्तुर तिरेर कार्यालयमा दर्ता गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोख्रेलले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालयले २ महिनाको अवधिमा स्वास्थ्य संस्था नविकरण तथा दर्ताबाट मात्र २३ लाख बढी राजश्व संकलन भएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.