|


मलाई हैन साल युगलाई फेरिएको छ

मूर्खहरूको पनि मूर्ख्याइँ फेरिएको छ

उसले सहर पसेदेखि गाउँ बिर्सियो
हेर्नुस् पूरै लवाई-खवाई फेरिएको छ

दुनियाँ बद्लिएको कुरा गर्छौ तिमी 
यहाँ विहेपछि मेरो दाइ फेरिएको छ

जब छोरी यौवनावस्थामा पुगिन् 
छोरीप्रति बाबुको हेराइ फेरिएको छ

हिजो देखिन्थ्यो जून आज देखिँदैन
कि यो गगनको गोलाइ फेरिएको छ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.