|

रौतहट : यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको गएराति करेन्ट लागेर मृत्यु भएको छ। 

राति ९:३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएको मालीको उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले जनाएको छ। 

इलाका प्रहरी कार्यालय राजपुर फरहदवाका प्रहरी नायव निरीक्षक चन्द्रकान्त अधिकारीले घटनासम्बन्धी छानबिन गरिरहेको र मालीको शवलाई परीक्षणका लागि आज बिहान ८ बजे जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरी नायव निरीक्षक अधिकारीले बताए। 

प्रहरीका अनुसार माली विद्युत्का कर्मचारी नरहेको र कसको निर्देशनले ट्रान्सफर्मर मर्मत गर्न गएको सो सम्बन्धमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.