|

काठमाडौंः कवि नदीशले आफ्नो नयाँ पुस्तक 'हाँगामा झुण्डिएको आत्मकथा' बजारमा ल्याएका छन्। शनिबार कवि तथा लेखक तुलसी दिवसले नदीशको नयाँ कृति विमोचन गरे।

विभिन्न समयमा रचना गरिएका ३९ कविताहरुलाई नदीशले यो कविता संग्रहमा समेटेका छन्। 
अलग आर्टले प्रकाशनमा ल्याएको 'हाँगामा झुण्डिएको आत्मकथा' मौलिक र यथार्थपरक रहेको कवि तुलसी दिवसले बताए।

'कवितामा भविष्यको उज्यालो मात्रै होइन वर्तमानको उज्यालो पनि देखाइएको छ।  कल्पनामा डुबेर होइन यथार्थमा बसेर पनि लेख्न सक्नु पर्छ र सकिन्छ भन्ने कुरा नदीशका कविताले देखाएका छन्,' कवि तुलसी दिवसले भने। 

कार्यक्रममा उनले पुस्तकका लेखक नदीश, कवि नवराज पराजुली र कवि प्रतिमा पाठकसँगै यो कविता संग्रहमा समावेश भएका 'यस्तरी मरुँ, कम्पनीमा एक दिन, चटक' कविता वाचन गरका थिए।

कवि नदीशले आमाको छहारी र बुबाको प्रेरणाको कारण कविता संग्रह निकालेको बताए। उनले कविता पारिवारीक वातवरणमा बसेर कविता लेखेको अनुभव सुनाए। 'आमा', 'शहरको गन्ध', 'कम्पनीमा एक दिन कछुवाको काँध', 'मृत्युको भोज' लगायतका ३९ कविता यो पुस्तकमा समावेश छन्। पुस्तकको मूल्य २०० रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.