|

सिन्धुपाल्चोक : महाभूकम्प र रोजगारीको कमीका कारण जिल्लामा विदेशिन चाहनेहरुको संख्या बढ्दै गएको छ। एक वर्षको अन्तरालमा ९ हजार भन्दा धेरैले विदेश जानका लागि जिल्ला प्रशासन कार्यालयबाट राहदानी सिफारिस लिएका छन्।

जिल्ला प्रशासन कार्यालयको प्रशासकिय अधिकृत पिताम्बर पाण्डेका अनुसार २०७३ सालमा सिन्धुपाल्चोकबाट ९ हजार भन्दा धेरैले विदेश जानका लागि राहदानी सिफारिस लिएको बताउँछन्। ‘विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक जिल्लामा राहदानि लिनेको संख्यामा वृद्धि भएको छ’ अधिकृत पाण्डेले भने।

‘देशमा रोजगारीको अभाव छ, परिवारको आय न्यून छ । जेनतेन गरी परिवार चलाउनै पर्‍यो’ चौतारा साँगाचोकगढी नगरपालिकाका ५ का सुब्बा श्रेष्ठ भने,‘भूकम्पले निमेशमै ढलेको घर अझै उठाउँन सकेको छैन। विदेश गएर पैसा कमाउने आशाले राहदानी सिफारिस लिन आएको हुँ।’

सिन्धुपाचोकका महिला र पुरुषहरु दुवै अहिले वैदेशिक रोजगारीमा जान प्रशासन कार्यालयमा राहदानी सिफारिसका लागि लाइनमा बस्ने गरेका छन्। सबैभन्दा धेरै महिला विदेश जाने जिल्ला पनि सिन्धुपाल्चोक हो। अवैधानिक तवरले विदेशी भूमिमा पुग्ने महिलाको संख्यामा कमी आएको भएपनि वैधानिक तवरले सिन्धुपाल्चोकक धेरै महिला विदेशिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.