|

लहान : सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकखण्डमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। 
सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स४प १९६८ नंको मोटरसाइकलको ठक्करबाट सिरहा झोली निवासी ६० वर्षीया सहोदिया कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी कामतीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई जिप्रका, सिरहाले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.