|

अप्रिल नामकी जिराफ अहिले चर्चामा छे।

अमेरिकाको न्यू योर्कस्थित हार्पर्सभिलेमा रहेको एनिमल एडभेन्चर पार्कले शनिबार उसले बच्चा जन्माउँदै गरेको क्षण फेसबुक र युट्युबमा लाइभ गरेको थियो।

आखिर को हो अप्रिल जिराफ जसले बच्चा जन्माएको इन्टरनेटमा भाइरल बन्यो?

अप्रिल सन् २००२ मा जन्मिएकी हो। अप्रिल त्यतिबेला चर्चामा आई जब गत मार्चमा युट्युबले फेब्रुवरी १० मा सुरु भएको २४ घण्टा लामो लाइभस्ट्रिमलाई ‘नग्न र यौनजन्य’ भन्दै हटाइदियो। लाखौँले हेरेको यो भिडियो युट्युबले हटाइदिएपछि युट्युब आलोचनाको तारो बन्यो।

डेलिमेलका अनुसार युट्युबले फेब्रुअरी २४ मा उक्त भिडियो रिस्टोर गर्‍यो।

१५ वर्षकी अप्रिलले जन्माएको भाले सन्तानले आफू जन्मेको ३० मिनेटमा पहिलो पाइला चालेको थियो। अप्रिलले आफ्नो बच्चालाई चाटेर सफा गरेको फोटो अहिले पश्चिमा मिडियामा चर्चामा छ। जन्मिएपछि बच्चाले उभिनका लागि संघर्ष गरिरहँदा अप्रिल उसलाई पच्छ्याइरहेको थिई।  

अप्रिललाई राखिएको चिडियाखानाका मालिकले उसले बच्चा जन्माएपछि ‘सफल प्रश्रुति’ भएको प्रतिक्रिया दिएका छन्।   

अप्रिलले जन्माएको बच्चाका बारेमा विस्तृत कुरा बताइएको छैन तर उसको तौल ६८ किलोग्राम र उचाई ६ फिट रहेको जापानटाइम्सले जनाएका छन्।

तपाईँले अप्रिलको बच्चाका बारेमा थाहा पाउनुपर्ने अर्को कुरा छ- उसको नाम राखिएको छैन। एक समाचारमा जनाइएअनुसार उसको न्वारनका लागि नाम खोजिँदैछ। अझ उसको नाम छान्न प्रतियोगिता नै गरिने समाचारमा उल्लेख छ। बीबीसीले उसले बच्चा जन्माएको भिडियोसहित एक सामग्री राखेको छ। 

अन्तिममा अप्रिलका बारेमा थाहा पाउनुपर्ने अन्तिम कुरा, उसको वेबसाइट पनि छ। र, अहिले पनि उसको लाइभस्ट्रिम एक लाख जनाले हेरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.