|

दमक : नेपाली कांग्रेसले स्थानीय तहको चुनाव लक्षित गरेर सुरु गरेको प्रदेश स्तरीय सभा झापामा समापन हुने भएको छ। वैशाख ५ गते झापाको कमल गाउँपालिकामा पर्ने आदिवासी रंगशालामा एक नम्बर प्रदेशको आमसभा गर्ने भएको हो।

यसअघि ५ वटै प्रदेशमा सभा सम्पन्न भई झापामा समापन गर्न लागिएको हो। आइतबार प्रेस युनियन झापाले दमकमा गरेको पत्रकार सम्मेलनमा कांग्रेसले आमसभाको तयारी बारे जानकारी दिएको हो। सभामा ६० हजारको जनसहभागिता जुटाउने कांग्रेसले दावी गरेको छ। सो आम सभालाई पार्टी सभापति शेरबहादुर देउवा, निर्वाचन परिचालन समिति संयोजक तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पत्रकार सम्मेलनमा कांग्रेसका झापा जिल्ला सभापति उद्धव थापाले कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरिरहेको प्रदेशस्तरीय आमसभाको समापन प्रदेश नं १ अन्तर्गतको झापामा गर्न लागिएको दिए। आमसभामा झापा,  मोरङ,  सुनसरीसहित प्रदेश नं १ अन्तर्गतका जिल्ला र ती जिल्लाका गाउँ गाउँबाट कार्यकर्ता उतार्ने योजना रहेको सभापति थापाले बताए।

उनले आदिवासी जनजातिहरुको समाधिस्थल भत्काएर बनाउने भनिएको सो रंगशाला तत्कालिन रक्षामन्त्रीको हैसियतमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्दा आदिवासी रंगशाला नै उच्चारण भएको स्मरण गर्दै केपी शर्मा ओली नेतृत्वमा एमालेले सो रंगशालाको नाम परिवर्तन गरेर दिवंगत आत्मा, तिनको परिवार र आम आदिवासी जनजातीहरुको भावनामाथि चोट पुर्‍याउन खोजेकोले त्यसको भण्डाफोर गर्न प्रदेशस्तरीय सभा सोही रंगशालामा गर्न लागिएको बताए।

उनले भने, ‘एमालेले आदिवासीको भावनामा चोट पुर्‍याएर राजनीति गर्‍यो, त्यसैले भण्डाफोर गर्न हामीले यही  सभा गर्न लागेका हौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.