|

कावासोती : नवलपरासीको गैडाकोट १२ हर्कपुरमा मोटसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। आइतबार साझ ८ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २० प ४२५१ नम्बरको मोटरसाइकलले सोही दिशाबाट साइकलमा सवार गैडाकोट १२ हर्कपुर बस्ने वर्ष ५२ का रविलाल पौडेललाई ठक्कर दिँदा पौडेलको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक सुवास हमालले जनाकारी दिए। साइकल यात्री पौडेलको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.