|
तस्वीरहरू: बीबीसी हिन्दी

चलचित्रकर्मी तथा अभिनेता चार्ली च्याप्लिनको आइतबार (१६ अप्रिल)मा जन्मजयन्ती परेको थियो। चलचित्र जगतमा चार्ली च्याप्लिनको नाम अमर छ। उनको जन्म १६ अप्रिल, १८८९ मा बेलायतको लण्डनमा भएको थियो। च्याप्लिनका बारेमा केही रोचक तथ्य, जुन तपाईंका लागि रमाइला लाग्न सक्छन्।

चार्ली च्याप्लिनको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिसमसका दिन भएको थियो। च्याप्लिनको अन्त्येष्टिको तीन महिनापछि उनको चिहानबाट च्याप्लिनको शव चोरी भएको थियो। चोरहरुले उनका परिवारबाट पैसा असुल्नका लागि उनको शव चोरी गरेका थिए।

सन् १९४० मा च्याप्लिनले हिटलरमाथि ‘दि ग्रेट डिक्टेटर’ चलचित्र बनाएका थिए। यसमा उनले हिटलरको नक्कल गर्दै हिटलरलाई मजाक बनाएका थिए।
च्याप्लिनलाई सन् १९७३ मा ‘लाइम–लाइट’मा वेस्ट म्युजिकका लागि ओस्कार अवार्ड प्रदान गरिएको थियो। यो चलचित्र २१ वर्षअघि बनेको थियो, तर यसको प्रदर्शन लस एन्जलसमा सन् १९७२ भन्दा अगाडि भएको थिएन। त्यहाँ प्रदर्शन भएपछि यस चलचित्रको नाम ओस्कारमा पुगेको थियो।

सन् १९७५ मा महारानी एलिजाबेथ द्वितीयले चार्ली च्याप्लिनलाई ‘नाइट’ उपाधि दिएकी थिइन्।

चार्ली च्याप्लिनको बाल्यकाल निकै अप्ठेरो र गरिबीले भरिएको थियो। बेपरवाह र जँडिया बुबाका कारण उनको परिवार दुःखले चलेको पथयो। च्याप्लिनकी गरिब आमा पागलपनको सिकार भएकी थिइन्। यसको परिणाम यो भयो कि च्याप्लिन सात वर्षको उमेरमा एउटा आश्रममा पुगे।

१३ वर्षको उमेरमा मनोरञ्जनको दुनियाँमा आए उनी। नृत्यका साथै च्याप्लिनले रङ्गमञ्चमा पनि उत्तिकै सहभागिता जनाउन थाले। यसको लगत्तै च्याप्लिनलाई अमेरिकी फिल्म स्टुडियोका लागि छानियो। त्यहाँदेखि च्याप्लिन विश्वभर मौन चलचित्रका बादशाहका रुपमा उदाए।

बीबीसी हिन्दीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.