|

गुल्मी : माछा मार्ने क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको रिडीखोलाको अघाह भन्ने स्थानमा माछा मार्ने क्रममा खोलामा डुबेर छत्रकोट गाउँपालिका वडा नम्बर–६ साविकको दौघा गाविस निवासी ३६ वर्षीय राजन रेश्मीको  मृत्यु भएको प्रहरीले जनाएको छ। माछा मार्दै गरेका रेश्मी खोलाको दहमा डुबेर केहीबेर बेपत्ता भएका थिए। स्थानीयले खबर पाएपछि निजलाई ठूलो खालको जालले बाहिर निकालेका थिए। 

श्रृङ्गा प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक मुक्त पुनले पोष्टमाटम गरी शव परिवारको जिम्मा लगाइएको जानकारी दिए । खज्र्याङ वजारका स्थानीय होटल व्यवसायी डालप्रसाद पन्थीका अनुसार मृतक रेश्मी अधिकांश समय माछा मार्ने काममा हिँड्ने बताए। उनका श्रीमती र तीन छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.