|

काठमाडौं : निरन्तर उकालो लाग्दै आएको सेयर बजार आज मंगलबार भने दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार ३९.५७ बिन्दुले ओरालो लागेर १ हजार ६ सय १२ बिन्दुमा अडिएको छ। ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ९.०८ बिन्दुले घटेको छ। 

कुल १ सय ४२ कम्पनीको २२ लाख नौ हजार ९३१ कित्ता सेयर रु एक अर्ब ५० करोड ९४ लाख ८८ हजार ८२८ मूल्यमा बिक्री भएको स्टकले जनाएको छ। उत्पादन समूहबाहेक अरु समूहको सेयर घट्दा बजार ओरालो लागेको हो। सो समूहको सेयर मूल्य ८.९६ बिन्दुले बढेको छ। 
बैंकिङ समूह ४४.०७, होटल ४६.३७, विकास बैंक ३८.८७, जलविद्युत् ७१.२४, फाइनान्स १.९५, बिमा १८४.४७ र अन्य समूह ६.०७ प्रतिशतले घटेको छ। निरन्तर बुलिस ट्रेन्डमा अगाडि बढेको बजार स्थानीय तहको निर्वाचनको विषयमा आइरहेका परस्पर विरोधी धारणाले पनि वियरिङ ट्रेन्डतिर फर्केको हुन सक्ने अड्कल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.