|

काठमाडौं : नेपाली कांग्रेसले दक्षिणकाली नगरपालिकाको प्रमुखमा मोहन बस्‍नेतलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ। बस्‍नेत कांग्रेसबाट आसन्‍न स्थानीय तहको निर्वाचनका लागि नगरप्रमुखको उम्मेदवारमा सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस हुने पहिलो व्यक्ति हुन्।

बस्नेतलाई दक्षिणकाली नगरका नौ वटै वार्डबाट नगरप्रमुखमा उम्मेदवार बनाउन सिफारिस भएको थियो। तर उनीसँगै सिद्धिमान श्रेष्ठको नाम केही वार्डबाट सिफारिस भएको थियो। तर, नगर समिति र १० नम्बर क्षेत्रीय समितिको बैठकमा श्रेष्ठले बस्नेतलाई नगरप्रमुखको उम्मेदवारमा समर्थन गर्ने जनाएका थिए।

बस्नेत २०४९ र २०५४ सालको निर्वाचनमा तत्कालिन टल्कु डुडेचौर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। हाल दक्षिणकाली नगरको नगर इकाई सभापति भएका बस्नेत सर्वसम्मत रुपमा नगरप्रमुखको उम्मेदवार बन्‍ने तय भएको कांग्रेस सांसद् राजेन्द्र केसीले थाहाखबरलाई बताए।

वार्ड अध्यक्षमा केसी

काठमाडौं महानगरपालिका वार्ड नम्बर १० को वार्ड अध्यक्षमा राजकुमार केसी कांग्रेसको तर्फबाट उम्मेदवार बन्‍ने सर्वसम्मत निर्णय भएको छ। कांग्रेस सांसद् भिमसेनदास प्रधानले वार्ड समितिले केसीको नाम सर्वसम्मतले उम्मेदवारका लागि सिफारिस गरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.