|

अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनमा प्रदेशसभा ‘क’ मा ताराप्रसाद खनालको समूह र प्रदेश सभा ‘ख’मा रवीन्द्रबहादुर शाही नेतृत्वको समूह विजयी भएको छ।

प्रदेशसभा ‘क’का सभापतिमा ताराप्रसाद खनालले २४४ मत र कर्णबहादुर बुढाले १२४ मत प्राप्त गरेका छन्। यस्तै‚ प्रदेशसभा ‘ख’मा सभापतिमा रवीन्द्रबहादुर शाहीले २६२ मत र पूर्णबहादुर रावलले १२४ मत प्राप्त गरेका छन्।

दुवै प्रदेशसभा अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। क्षेत्र नम्बर १ को ‘क’मा सहमतिबाटै महेश खड्काको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। प्रदेशसभा ‘ख’मा पनि सहमतिको प्रयास भइरहेको कांग्रेस क्षेत्र नम्बर १ ले जनाएको छ।

प्रदेशसभा अधिवेशन सकिएपछि अब मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.