|

सुर्खेत : वीरेन्द्रनगर चाइनापुल नजिकै बेबारिसे अवस्थामा फेला परेको १ थान हाते बम र ५ राउण्ड गोली नेपाली सेना र प्रहरीको संयुक्त टोलीले निस्क्रिय बनाएको छ। शुभ होटल पछाडि फेला परेको उक्त हाते बम र ५ राउण्ड गोलीमा खिया लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहनकुमार आचार्यले जानकारी दिए।

यो बम द्वन्द्वकालमा मा‌ओवादीले छाडेको हुनसक्ने बताए जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी मोहन आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.