|

धर्मस्थलहरूमा माइकबाट गरिएका ट्विटपछि विवादमा फसेका गायक सोनु निगमले ती मौलवीलाई दश लाख रुपैयाँ तयार राख्न जवाफ दिएका छन्, जसले सोनुको केश मुण्डन गर्ने व्यक्तिलाई दश लाख रुपैयाँ दिने घोषणा गरेका थिए।

बुधबार गरिएको ट्विटमा निगमले भनेका छन्, ‘आज दुई बजे आलिम मेरो घरमा आउनेछन् र मेरो केश मुण्डन गर्नेछन्। मौलवी, आफ्नो दश लाख रुपैयाँ तयार राख।’

मिडियामा आएअनुसार पश्चिम बंगालका एक् मौलवीले सोनु निगमको केश मुण्डन गरेर गलामा जुत्ताको माला पहि¥याएर घुमाउनेलाई दश लाख रुपैयाँ दिने घोषणा गरेका थिए।

सैयद शाह आतिफ अली अल कादरी नामका पश्चिम बंगालका एक मौलवीले पत्रकार सम्मेलन गरेरै सोनु निगमका विरुद्ध यो घोषणा गरेका थिए।
सोनु निगमले प्रश्न गरे, ‘के यो धार्मिक गुण्डागर्दी होइन?’

सोनु निगमले भनेका थिए कि मन्दिर–मस्जिद जस्ता धर्मस्थलहरूमा माइकको प्रयोगलाई रोकिनुपर्छ।

यस विषयमा विवाद भएपछिदेखि नै सोनु निगम लगातार ट्विट गरिरहेका छन्। उनले बुधबार दुई बजे आफ्नो निवासमा पत्रकार सम्मेलन पनि गर्दै छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.