|


खाली छु म धरोधर्म तिमी आई भर मलाई

पिरतीमा डुबाएर मनखुसी गर मलाई।

 

हुन्थेँ कति भाग्यमानी पाएदेखि दिलमा बस्न

बगैँचाको फूल हुँ म तयार छु मन्दिर पस्न

आँखाभरी टाँसेर ओठभरी छर मलाई

पिरतीमा डुबाएर मनखुसी गर मलाई।

 

औँलाभित्र छिरेपछि औँठी सुन्दर देखिने हो

प्रेम गरेपछि मात्रै प्रेम-कथा लेखिने हो

तिम्रो काखमै निदाउँला चाहिँदैन घर मलाई

पिरतीमा डुबाएर मनखुसी गर मलाई।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.