|
फोटो : सागर गिरी

चितवन : रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ। वर्ल्ड एजुकेशन सोसाइटी चितवनका अनुसार ठूलो धाबके  हावा चील (ग्रेट ह्वाइट पेलिकन) नामको नयाँ चरा पहिलोपटक अभिलेख गरिएको चराविज्ञ वासु बिडारीले जानकारी दिए।

यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ।  यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए। यो चरा नेपालको पूर्वी भाग कोशीमा १५ वर्षअघि देखिएको थियो।

जिल्लामा नयाँ चरा देखिएको खबरपछि यकिन गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरू टिका गिरी, बासु बिडारी, टेकबहादुर गुरुङ लगायतको टोली बिहीबार सो क्षेत्रमा गएका थिए। उक्त टोलीले ‘ठुलो धाबके  हावा चील’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो।

नेपालमा अहिलेसम्म पाइएका ८ सय ८७ मध्ये  चितवनमा ६ सय ३५ प्रजातिका चरा अभिलेख गरिएको छ। नेपालमा रहेका अधिकांश चरा चितवनमा पाइने बताइन्छ। चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा  पहाडी  क्षेत्र चराको राम्रो बासस्थान रहेको चरा विज्ञ टिका गिरीले बताए। साइबेरिया लगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा यहाँ आउँछन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.