|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई कुनै वडामा चुनाव जितेर देखाउन चुनौती दिएका छन्।

शुक्रबार काठमाडौंमा नेकपा माओवादी केन्द्र भीमसेन गाउँपालिका संघीय जनसम्पर्क मञ्चले गरेको कार्यक्रममा उनले चुनाव जितेर देखाउन चुनौती दिएका हुन्। अधिकतम गरे हामीलाई भत्काउन सक्नुहुोला' उनले नयाँ शक्तिबारे टिप्पणी गरे ' एउटा वडा जित्नुहुन्छ कि हुँदैन भन्ने प्रश्न छ।'

नयाँ शक्तिको अवस्था कस्तो हुन्छ भन्ने थाहा पाउन चुनाव पर्खिनै नपर्ने उनले बताए। उनले विगतमा एमालेबाट अलग भएका बामदेव गौतमले चुनाव जित्न नसकेको उदाहरण दिए। 'यो चुनावपछि वामदेवको हालतमा पुग्छन् बाबुरामजी' श्रेष्ठले भने 'वामदेवले एमालेका ५० प्रतिशत सीसीएम (केन्द्रीय सदस्य) लिएर नेकपा माले गठन गर्दा त चुनावमा त्यो हालत भयो र फेरि एमालेमा फर्किए।' भारतको विरोधका वावजुद संविधान जारी हुनेवित्तिकै पार्टी छाडेर बाबुरामले भारतीय हस्तक्षेपलाई भित्र्याउन मद्दत गरेको उनले बताए।

कांग्रेसले चुनाव गर्ने निश्चित नभए अर्को बाटो

नेता श्रेष्ठले माओवादी नेतृत्वको सरकारले वैशाख ३१ गतेको चुनाव गर्ने र कात्तिक वा मंसिरमा केन्द्र र प्रदेशको चुनाव सुनिश्चित गरेर सरकारबाट बाहिरिने बताए। कात्तिक वा मंसिर मध्यसम्ममा बाँकी चुनाव हुन्छ' उनले भने 'यो चुनाव हामी गर्छौं,  अर्को चुनाव सुनिश्चित गरिदिन्छौं, सहमति अनुसार अर्को चुनाव कांग्रेसले गर्छ, कांग्रेसले चुनाव गर्ने ग्यारेन्टी भएन भन् अर्को बाटो पनि हिँड्न पर्ने हुन्छ।'

अहिलेक  चुनाव १९ वर्षअघिको स्थानीय निकायको जस्तो नभई विल्कुलै नयाँ हुन लागेको श्रेष्ठले बताए। 'यो व्यवस्थापिका, कार्यपालिका र न्यायपपालिकाको अधिकारसहितको स्थनीय सरकारको चुनाव हो' उनले भने ' अब हामी जनताको पोल्टामा सरकार पुर्‍याउँछौं।'

मधेस केन्द्रित दलले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन नचाहेको र केन्द्रमा नै हालिमुहाली गर्ने प्रवृत्ति भएकाले चुनावको विरोध गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.