|

काठमाडौं : सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। मोर्चासँग निर्णायक भनिएको वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेता र मधेसी मोर्चाका नेताहरु सहभागी छन्। दिउँसो ३ बजेपछि बसेको बैठकमा मधेसी मोर्चाबाट राजेन्द्र महतो, महिन्द्र यादव, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, वृशेषचन्द्र लाल, हृदयश त्रिपाठी लगायत नेता सहभागी छन्।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ शक्ति नेपालसँगको पार्टी एकताबारे छलफलमा सहभागी हुनुपर्ने भएकाले र महन्थ ठाकुर मोर्चाले केही दिनपछि जनकपुरमा गर्ने सभाको तयारीका लागि शुक्रबार सर्लाही गएकाले छलफलमा सहभागी नभएका हुन्। शुक्रबार विहान पनि सरकार र मधेसी मोर्चाबीच छलफल भएको थियो। उक्त बैठकमा मोर्चाले संविधान संशोधनको विषयमा केही परिमार्जन भएमा स्वीकार गर्न सकिने बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.