|

काठमाडौं : नेपाली कांग्रेसले बिहीबार (भोलि) महाधिवेशनस्थल भृकुटीमण्डप सरसफाइ गर्ने भएको छ। कांग्रेसले १४औँ महाधिवेशनमा भएको फोहोर सफाइ गर्न लागेको हो।

सरकारका पूर्व मुख्य सचिव लीलामणि पौडेलले भोलि बिहान ८:३० बजेबाट सरसफाइ गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

उनका अनुसार कांग्रेसका सूचना,सञ्चार तथा प्रचार विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सरसफाइ अभियान थालिनेछ।

महाधिवेशन स्थल पर्चा,पम्प्लेटले अहिले कुरूप बनेको छ। 

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको पदाधिकारीहरूको मत गणना आज अपराह्नदेखि सुरु हुनेछ।

पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि मंगलबार पुनः मतादन भएको थियो। दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भइसकेका छन्।

मंगलबार राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले २७ सय ३३ मत प्राप्त गरेका थिए। सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले १८ सय ५५ मत प्राप्त गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा कुल चार हजार ६२३ मत खसेको थियो। जसमध्ये ३५ मत बदर भएको थियो। सभापति बाहेकका बाँकी पदाधिकारी र सदस्यको मत गणना सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.