|

इलाम : स्थानीय तहको निर्वाचनमा नजिकिँदै जाँदा नेपाली कांग्रेस इलाममा नेता र कार्यकताबीच फुटको स्थिति पैदा भएको छ। वैशाख ३१ गतेको निर्वाचनका उम्मेदवारी चयनका लागि जिल्ला समितिका नेताहरुले भागवन्डा लगाएपछि कार्यकताहरुले शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म  तीन घण्टासम्म जिल्ला तहका नेताहरुलाई थुनेका थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका व्यक्तिगत मान्छे र गुटको भन्दा लोकप्रिय जनमतको छवि भएका उम्मेदवार चयन गर्न सुझाव दिए पनि नेताहरु गुटकै पछि लागेपछि नियन्त्रणमा लिनुपरेको कार्यकताहरुले बताए। इलाम नगरपालिकामा उम्मेदवार चयनका विषयमा कांग्रेसबीच विवाद निम्तिएको एक कार्यकताले बताए।

भागवन्डा अन्त्य गरौ, भागबन्डा गर्ने नेता मुर्दावाद जस्ता नारा लेखेर नेताहरुलाई उद्योग वाणिज्य संघको भवनमा थुनेका थिए। नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति नुतनदेव दुलालले १ सेकेन्डमै ताला खोलिएको बताए। उनले पत्रकारले समाचार लेखेमा विज्ञप्ति निकालेर विरोध जनाउने धम्कीसमेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.