|

संजय रेग्मी

पर्वत : मुस्ताङको बाह्रगाउँ मुक्तिनाथ गाउँपालिकाअन्तरगत कागबेनीको फोलोथानमा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। मुक्तिनाथ दर्शन गरेर जोमसोमतर्फ फर्कंदै गरेका तीर्थयात्री चढेको ना ५ ख ६०६७ नम्बरको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र २ जनाको उपचारको जोमसोम लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ भने १४ जना  गम्भीर घाइते भएका छन्।

घट्नामा परी ज्यान गुमाउनेहरुमा   काठमाडौंका ५५ वर्षीय भोला अधिकारी, ४५ वर्षीय पुरुषोत्तम ढकाल, ललितपुरकी ४५ वर्षिया लीला खड्का, ७० वर्षीया कान्ति खड्का र भक्तपुरकी सीता तिमील्सिनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक हरिहर योगीले जानकारी दिए। घट्नामा गम्भीर घाइते भएका १४ जनालाई हेलिकोप्टरमार्फत मणिपाल शिक्षण अस्पताल लगिएको छ भने अन्य ६ जना घाइतेको  जोमसोम अस्पतालमा उपचार भइरहेको छ। ३६ जना यात्रु सवार रहेको उक्त बस ओरालोमा ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.