|

लहान : सप्तरी जिल्लाको पूर्वी सीमाको रुपमा रहेको सप्तकोसीको सहायक अरुण नदी थुनिएर बनेको ताल फुट्दा आउने बाढीले क्षति पुर्‍याउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सप्तरी प्रशासनले सबै निकायलाई सतर्क रहन निर्देशन दिएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा दैवी प्रकोप उद्धार समितिका संयोजक कृष्णबहादुर कटवालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीलाई हाइएलर्ट राखिएको जानकारी दिए। ‘सप्तकोसीको पश्चिम तटीय क्षेत्रमा पर्ने गाउँ बस्तीमा स्थानीय बासिन्दालाई सजग रहन सूचना गरिएको छ’ प्रमुख जिल्ला अधिकारी कटवालले भने ‘तीनवटै निकाय संलग्न रहेको उद्धार टोलीलाई जिल्लाको दक्षिण पूर्वी कुनामा पर्ने गोबरगाढामा राखिएको छ।’

प्र.जि.अ. कटवालका अनुसार शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठक गरी तीन वटै सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई सजग रहन दिर्नेशन दिइएको छ।

थुनिएर ताल बनेको अरुण नदी जुनसुकै बेला फुट्ने सम्भावनालाई मध्यनजर गर्दै सप्तकोशीमा आउन सक्ने बाढीबाट नदी किनारमा बसोवास गर्दै आएका स्थानीय बासिन्दाको तत्काल उद्धारका लागि बन्दोबस्त मिलाई तयारी अवस्थमा राखिएको प्र.जि.अ. कटवालले बताए।

सप्तकोसी नदीमा आउने बाढीले सप्तरीको पूर्वी क्षेत्रमा पर्ने भारदह, हुनमाननगर, योगिनिया, बैरवा, गोबरगाढा, रम्पुरा मल्हनिया, तिलाठी, पोर्ताहा लगायतका गाउँहरुमा क्षति पुग्न सक्ने जनाइएको छ । कोशी नदीको दुई भङ्गालाले बनाएको टापुको रुपमा रहेको गोबरगाढामा नोपली सेनासहितको उद्धार टोली शुक्रबारदेखि नै तयारी अवस्थामा राखिएको प्र.जि. कटवालले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.