|

कावासोती : नवलपरासीको चोरमारामा जिपको बे्रक फेल हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो चोरमाराबाट भिउरान जाने क्रममा चोरमारा र भिउरान बीचमा ना १ ज १३०५ नम्बरको जिपको बे्रक फेल भएर पल्टिएको थियो।

दुर्घटनामा परी मध्यबिन्दु १५ घर भएका ३२ वर्षीय यम बहादुर सारुको मृत्यु भएको कावासोती प्रहरीले जानकारी दिएको छ। सारुको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो। दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्। घाइतेहरुको भरतपुरमै उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.