|

खोटाङ : दुई चरणमा सञ्चालन भएको मतदाता नामावली संकलन अभियानबाट खोटाङमा ४ हजार ७३७ नयाँ मतदाता थपिएका छन्। पहिलो चरणमा मंसिर १७ देखि २६ र दोस्रो चरणमा मंसिर २९ देखि पुस ९ गतेसम्म मतदाता नामावली दर्ता अभियान सञ्चालन भएको थियो।

जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्रकुमार राईका अनुसार थपिएका मतदातामा २ हजार ६१२ पुरुष र २ हजार १२५ जना महिला छन्। जिल्लाबाहिरका ६ पुरुष र एक महिलाले पनि खोटाङबाट मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

गत जेठ ८ गतेसम्मको अद्यावधिक विवरण अनुसार जिल्लामा १ लाख ६४ हजार ९६ जना मतदाता रहेका थिए। नयाँ थपिएकासहित गरेर मतदाताको संख्या १ लाख ११ हजार २३३ जना पुगेका छन्।

नागरिकको माग अनुसार अहिले पनि इलाका प्रसाशन कार्यलय खोटाङ बजार, इलाका प्रसाशन कार्यलय ऐसेलुखर्कबाट मतदाता नमवली संकलन भइरहेको सूचना अधिकारी राईले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.