|

बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल टिम समूह चरणमा शतप्रतिशत जितको प्रतिक्षामा रहेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

लगातार चार जितसहित नेपाल अन्तिम खेल अगावै फाइनलमा पुगेकाले बलियो आत्माविश्वासका साथमा कोर्टमा हुनेछ। नेपालले आफ्नो अन्तिम खेल ११:१५ मा ढाकास्थित मिरपुरमा रहेको शाहिद शुरवार्दी इन्डोर हलमा खेल्दैछ।

साविक च्याम्पियन नेपाल सतप्रतिशत नतिजासहित फाइनल पुग्ने ध्याउनमा हुँदा प्रतियोगिताबाट बाहिरिसकेको कीर्गिस्तान भने प्रतियोगितामा सुखद् अन्त गर्ने ध्याउनमा हुनेछ।

आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको थियो। अर्को फाइनल पुग्ने टिमको तय भने श्रीलंका र उज्वेकिस्तानबिच आजनै हुने खेलले तय गर्नेछ।

नेपालले प्रतियोगितामा फाइनलसम्म स्थान बनाउने क्रममा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पाखा लगाएको थियो।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन। त्यस्तै‚ तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.