जीवन गौतम घोराही उपमहानगरपालिका प्रमुखको उमेदवार

|
तस्विर सौजन्य : उदय जीएम

दाङ : नेकपा माओवादी केन्द्रले दाङका स्थानीय तहमा उम्मेदवारहरु चयन गरेको छ। घोराहीमा आइतबार आयोजित घोषणासभामा माओवादी केन्द्रका सचिवालय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले उमेदवारहरुको नाम घोषणा गरेकी हुन्। 

जसअनुसार घोराही उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज जीवन गौतम, लमही नगरपालिकाको प्रमुखमा द्रोपदा पौडेल र उपप्रमुखमा कालुराम चौधरी, राप्ती गाउँपालिका अध्यक्षमा श्यामेस चौधरी र उपाध्यक्षमा भगवता अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियार रहेका छन्।

यसैगरी बबई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला ओली, बंगलाचुली गाउँपालिका अध्यक्षमा भक्तबहादुर ओली र उपाध्यक्षमा यमुना घर्ती, गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपाने, दंगीशरण गाउँपालिका अध्यक्षको उमेदवारमा हिरालाल चौधरी रहेको माओवादी केन्द्र दाङका सह-इन्चार्ज हेमराज शर्मा "डायमण्ड"ले जानकारी दिए। तुलसीपुर उपमहानगर र राजपुर गाउँपालिको उम्मेदवारहरु भने एक–दुई दिनभित्रै निर्णय गरिने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.