|

काठमाडौं : सरकारले युवाहरुलाई उद्यमशील बनाउनको लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। यो अभियान सञ्चालन गर्नको लागि आगामी उद्योग मन्त्रालय आगामी जेठ २४र२५ गते काठमाडौंमा उद्यमशीलता विकास सम्बन्धी सम्मेलन स्टार्ट अप समिट आयोजना गरेको छ।

'समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर' भन्ने नाराका साथ गर्न थालिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा उद्यमीको सहभागितामा गराउने कार्यक्रम रहेको छ। विश्‍व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसात गर्दै नेपालमा पहिलो पटक राष्ट्रिय स्टार्ट अप समिट आयोजना गर्न लागिएको हो' आइतबार आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले भने।

सम्मेलनमा देशभरका ३ सय जना युवाहरु सहभागी गराउने तयारी उद्योग मन्त्रालयको रहेको छ। विदेशबाट आउने स्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्बन्धी अभ्यासका बारेमा आ–आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका बारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

मन्त्रालयको आयोजनामा गरिने सम्मेलनमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासंघको समेत सहभागीता रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.