|

मोरङ : प्रमुख तीन दलले उत्तरी मोरङको केराबारी गाउँपालिकाका उम्मेदवार टुंगो लगाएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको नाम मात्र सार्वजनिक गरेकामा नेकपा माओवादी केन्द्रले भने अधिकांश वडाका उम्मेदवार पनि सार्वजनिक गरिसकेको छ।

नेपाली कांग्रेसले केराबारी गाउपालिकाको अध्यक्षमा रोहित कार्की र उपाध्यक्षमा कल्पना कार्कीलाई उम्मेदवार बनाएको छ। कांग्रेसले वडाका उम्मेदवार चयन गरेको बताएपनि सार्वजनिक गरेको छैन।

नेकपा एमालेले पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ। अध्यक्षमा नविन थापा मगर र उपाध्यक्षमा शान्ति भूजेल लिम्बूलाई उम्मेदवार बनाएको एमालेले जनाएको छ।

माओवादी केन्द्रले केराबारी गाउँपालिकाको अध्यक्षमा हस्तबहादुर लिम्बू लिवाङ र उपाध्यक्षमा मनमाया सूवेदी बजगाँईलाई उम्मेदवार बनाएको छ। लिम्बु माओवादी सम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सह कोषाध्यक्ष तथा चलचित्र निर्मातासमेत हुन्। उनी केराबारीमा रहँदा विभिन्न सघसंस्थामा रहेर सामाजिक छवि बनाएका व्यक्ति हुन्। त्यसैगरी उपाध्यक्षका उम्मेदवार बजगाई विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जुझारु महिला हुन्।

माओवादी केन्द्रले वडातर्फ पनि उम्मेदवार घोषणा गरेको छ। आफ्नो पकड रहेको वडामा पाँचैजना केही वडामा तालमेलको लागि विकल्पसहित उम्मेदवारी घोषणा गरेको पार्टीका गाउँपालिका इञ्चार्ज राम कार्कीले जानकारी दिए।

माओवादीले वडा नम्बर १ को अध्यक्ष वुधवीर लिम्बू तथा सदस्यहरुमा लालबहादुर लिम्बु, शषि क्याप्छाकी मगर, खुमादेवी विक र मनुकमारी राई, २ को अध्यक्षमा खड्गवहादुर ठकुरी, सदस्यहरुमा कृष्णराज खाँण ठकुरी, छविन लिम्बू, अविशा परियार र कोपिला शाही, ३ को अध्यक्षमा महेन्द्र मगर, सदस्यहरुमा  विष्णु सुहाङ, शिवलाल रोक्का, पवित्रा अधिकारी र कविता रोक्का तथा ५ को अध्यक्षमा तेजबहादुर लिम्बू, सदस्यरुहमा पुष्पकुमार राई, रामवहादुर मगर, शिवरानी लिम्बूलाई उम्मेदवार बनाएको छ।

यस्तै वडा नम्बर ६ को अध्यक्षमा उपेन्द्र लुङ्गेली मगर, सदस्यहरुमा पदम सिंह लिम्बू, पूर्णबहादुर पूर्वछाने मगर, ७ को अध्यक्षमा किशोर राई, सदस्यहरुमा सावित्रा तिम्सिना घिमिरे, सिता विक, शुक्र परियार र टेकबहादुर थापा, ८ को अध्यक्षमा तेजवहादुर बस्नेत, मीनप्रसाद आचार्य, सन्तोषी रम्तेल र मनिक विक एवं वडा नम्बर १० को अध्यक्षमा किशन शाही तथा सदस्यहरुमा प्रेमबहादुर लिम्बू र हर्कमाया लिम्बू चयन भएका छन्। वडा नम्बर ४ र ९ को भने उम्मेदवार चयन हुन बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ।

क्षेत्रफलको आधारमा जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा १७ हजार ५ सय मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.