|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्वाचन आचारसंहिताविपरीत अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन्। बालकोटस्थित आफ्नै निवासमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै ओलीले सरकारको गैरकानुनी काममा एमालेले साथ नदिने बताए।

मधेसी दलहरुसँग सहमति गर्दा आफूहरुसँग परामर्श नगरिएकोमा समेत उनको आपत्ति छ। 'उनीहरुले सम्झौता गर्ने, अनि हामीले ती सम्झौता कार्यान्वयन गरिदिनुपर्ने ? सबैको सहमति चाहिने, एमालेको नचाहिने ?,' बैठकलाई सम्बोधन गर्दै ओलीले भने, 'निर्वाचन आचारसंहिता विपरीत र देश विरोधी काम भइरहँदा एमाले चुप लाग्दैन।'

यो गम्भीर विषय रहेको भन्दै उनले २/४ जनाले थर्काउँदैमा एमाले चुप नलाग्ने बताए।

बैठकमा अध्यक्ष ओलीले संविधान संशोधनलाई अनुचित ढंगले अघि बढाउन खोजिएकोसमेत बताए। 'यो संशोधन अनुचित ढंगले पास गर्न खोजेको देखिन्छ, के का लागि गर्न खोजिएको, एमालेसँग परामर्श गर्नुपर्दैन ?' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.