|
फाइल फोटो

काठमाडौं  : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका अप्ठेरोका विषयमा प्रमुख दलका नेताहरुसँग छलफल गरेकी छन्। राष्ट्रपति भण्डारीले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी हुन्।

शितलनिवासमा भएको भेटमा कांग्रेस सभापति देउवाले नयाँ सरकार गठनका लागि संसदले जे निकास दिन्छ त्यसलाई अगाडि बढाउन राष्ट्रपति भण्डारीलाई अनुरोध गरेका छन्। उनले राष्ट्रपति भण्डारीलाई विवादमा पर्ने काम नगर्न पनि सचेत गराएका देउवाका सहयोगी भानु देउजाले जानकारी दिए। 

राष्ट्रपति भण्डारीले आफु विवादमा पर्ने गरी कदम नचाल्ने प्रष्ट पारेकी छन्।

त्यस्तै आइतबार बिहान नै राष्ट्रपति भण्डारीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.