|

सिन्धुली : नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ।

अध्यक्षमा वर्तमान अध्यक्ष प्रदीप कटुवाल र रामकुमार कार्कीले उम्मेदवारी दर्ता गरेका हुन्। शुक्रबारदेखि सुरु भएको ७ औं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि भोलि मतदान हुने भएको छ।

सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास सफल नभएपछि मतदानबाटै नेतृत्व चयन हुने भएको छ। अध्यक्षसहित विभिन्न एक सय पाँच पदका लागि एक सय ६८ जनाले आफ्नो उम्मेदवारी दिएका छन्। जिल्ला कमिटी उपाध्यक्षका तीन जनाको उम्मेदवारी परेको छ।

उपाध्यक्षका लागि विनोदकुमार खड्का, जगदीश्वर तोलाङ्गी र कर्णबहादुर घिसिङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। सचिवका नारायण बरालको निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तम दाहालले जानकारी दिए।

उपसचिवमा खड्ग रजन, मन्जु देवकोटा, नवराज थिङ र रस्मीला देवकोटाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै सदस्यका एक सय ५८ जनाले उम्मेदवारी दिएका प्रमुख निर्वाचन अधिकृत दाहालले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.