|

काठमाडौं : फिल्म पशुपति प्रसादबाट चर्चामा आएका 'भष्मे डन' उर्फ विपिन कार्कीलाई लिड रोलमा लिएर फिल्म 'नाका' निर्माण हुने भएको छ। फिल्ममा नेपाल–चीन सीमानाको तातोपानी नाकामा हुने तस्करीको कथालाई देखाइने निर्माण पक्षले जानकारी दियो।

यो फिल्ममा विपिन कार्की गुन्डा नाइकेको भूमिकामा देखिनेछन्। अमित श्रेष्ठले निर्देशन गर्न लागेको उक्त फिल्मको बैशाख १४ गतेबाट छयाँकन सुरु हुँदैछ। फिल्ममा विपिनसँगै रोबिन तामाङ, सजन थापा मगर, केशव राई लगायतको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ।

मिडिया पोर्ट र हाइलाइट्स नेपालले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मलाई चिन्‍तनराज भण्डारीले खिच्नेछन्। निर्माण कम्पनीले फिल्मको छायांकन सुरु हुनु पूर्व नै पोष्टर सार्वजनिक गरेको छ।

यो पनि पढ्नुस् विपिन कार्कीको अभिनय यात्रा : सडक नाटक, भस्मे डनपछि एक्सन हिरो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.