|

सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिका-६ नौकिलोमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ च ८५७७ नम्बरको जिप शनिबार बिहान करिब ९ बजे दुर्घटना भएको हो।

जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, खाडीचौरले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था सामान्य र एक जनाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडीचौरमा लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.