|

सुनसरी : साहसिक खेलप्रेमी युवाहरुको धरानमा भएको भेलाले राष्ट्रिय साइक्लिङ संघको सुनसरी शाखा गठन गरेको छ। बुधबार धरानमा भएको भेलाले श्याम तामाङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समितिको सचिवमा गोपाल पौडेल, कोषाध्यक्षमा युवराज राई रहेका छन् भने सदस्यहरुमा सुमन राई, सुजन खत्री, सुजन चौधरी, आर्यन भट्टराई, राजन राई, अरुण चापागार्इं, अशोक राई र प्रेम थापा रहेका छन्। होटल ड्रिमल्यान्डमा आयोजित भेलाले संघको भेलाले पहिलो जिल्ला शाखा गठन गरेको जनाइएको छ। जिल्लामा रहेका साइक्लिस्टहरुबीचमा एकता ल्याउँदै धरानलाई साइकल सिटी बनाउने उद्देश्यका साथ संघ गठन भएको तदर्थ समितिका अध्यक्ष तामाङले बताए।

संघका केन्द्रीय अध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा आयोजित भेला नवराज राईको अध्यक्षतामा भएको थियो। भेलामा करिब तीन दर्जन साइक्लिस्टहरु उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.