|

लहान : संविधान संशोधन र सीमाङ्कन नभएसम्म स्थानीय तहको पुनःसंरचना नस्वीकार्ने भन्दै ४२ दिनपहिले स्थानीय तहका कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। बुधबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लाका स्थानीय तहमा लगाएको तालाबन्दी खुलेको हो।

मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह पुनःसंरचनाको विषयलाई थप छलफलमा लगिएपछि तालाबन्दी खोलिएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा यसअघि जनसंख्याको आधारमा स्थानीय तह निर्माण नगरेकाले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समिति कार्यान्वयनको कामलाई अगाडि बढाउन नदिने गरी तालाबन्दी गरिएको जनाइएको छ।

मोर्चाको तालाबन्दीले दैनिक कामकाज प्रभावित हुनुका साथै सेवाग्राहीलाई परेको मर्कालाई मध्यनजर गर्दै निरन्तर गरिएको छलफल, संवादपछि मोर्चाले तालाबन्दी खुलाएको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख तथा स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेलले बताए।

मोर्चाको तालाबन्दीले जिल्ला सदरमुकाम बाहिरका ६ नगरपालिका र ८ गाउँपालिकामा आन्तरिक रुपमा दैनिक काम चलिरहेको भएपनि सदरमुकामस्थित जिल्ला समन्वय समिति, राजविराज नगरपालिका र कञ्चनरुप नगरपालिका कार्यालयको काम प्रभावित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.