|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले आइतबार अविश्वास प्रस्तावको पक्षमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो गाउँको भैंसी ब्यापारीसँग तुलना गरे।

पाण्डेले आफ्नो गाउँको भैंसी ब्यापारीले भैंसी किन्दा घरधनीसँग भैंसीको सिङ नराम्रो भएको, खुट्टा छोटो भएको भनेर सस्तोमा किनेर ल्याउने र बिक्री गर्दा यो भन्दा राम्रो भैंसी नपाइने भन्दै बिक्री गर्ने गरेको बताए।

'उसले भैंसी किन्ने बेलामा तिम्रो भैंसीको सिङ पनि नराम्रो खुट्टा पनि छोटो छ काम लाग्दैन भनेर लिन्छ र बेच्ने बेलामा यस्तो भैंसी कहिल्यै पाइदैन छोटो छोटो खुट्टा भएको थोरै घाँसले पनि अघाउने भनेर त्यही भैंसी राम्रो भन्छ' पाण्डेले भने ' त्यतिबेला केपी शर्मा ओली गणतन्त्रवादी पनि, विकासप्रेमी पनि हुनुहुन्थ्यो, अहिले अर्कै देख्ने।'

अविश्वास प्रस्ताव पेश गर्दा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको लगनगाँठो राजतन्त्रवादीहरुसँग गाँसिएको आरोप लगाएका थिए। पाण्डेले त्यसै विषयमा टिप्पणी गरेका हुन्। पाण्डेले त्यसै विषयमा टिप्पणी गरेका हुन्।

उनले यति धेरै अगाडि नबढ्न प्रचण्डलाई आग्रह गरे। 'यति धेरै जम्प नगरौं। ठाउँ सानो छ' उनले भने 'म उताको कुराले भ्रमित भएको पो रहेछु भन्ने दिन नआआओस्।' प्रचण्ड धेरै नाटक गर्न चलाख भएको पनि नेता पाण्डेले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.