|

काठमाडौं : डिसहोम फाइबर नेटले ६ सय एमबिपीएस स्पिड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।

डिसहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबिपीएस स्पिडको इन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाई ६ राउटर र मेस नोटमार्फत ग्राहकहरुले हाइस्पीड इन्टरनेटको मज्जा लिन सक्ने छन् । 

डिसहोमले ल्याएको वाइफाई ६ राउटर अहिले बजारमा पाइने  राउटर भन्दा ४ गुणा फास्टर स्पिडमा चल्ने कम्पनीले दाबी गरेको छ । 

कृत्रिम इन्टेलिजेन्स, गिगावाट पहुँच, दुइ ब्याण्ड स्मार्ट स्टेरिङ, सिमलेस रोमिङ, मल्टी लेभल प्रोटेक्सन र मास नेटवर्किङ जस्ता विशेषता हरु वाइफाई ६ राउटरमा रहेको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.