|

 

बाटो नाघेर हिँड्छ रहर यहाँ
म पनि आएको हु भर्खर यहाँ

 

तिनीहरूकै झुपडी जलाइयो
जजसले उठाए नजर यहाँ

 

मेरो अस्तित्व उराठ हुनुमै छ
'उराठ हुन दे' भन्छ बगर यहाँ

 

तिमी आउनुअघि आइपुगेको हो
तिम्रो बदनामीको खबर यहाँ

 

जिउने कला सिकाइन्छ चोकमा
मूर्ति भएर बाँचेको छ पत्थर यहाँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.