|

काठमाडौँ: नेपाली छन्दकवितामा 'आँसुकवि'को परिचय बनाएका कवि रमेश खकुरेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। पाँच दिनअघि निमोनिया भएर राजधानीकाे अोम अस्पतालमा भर्ना भएका खकुरेलको स्वास्थ्य अहिले सामान्य हुँदै गइरहेको कवि खकुरेलले थाहाखबरलाई बताए।

उनको घाँटी र प्रोस्टेटमा समेत समस्या देखिएको चिकित्सकले बताएको जानकारी पनि खकुरेलले दिए। पुराना कविहरूले सुरु गरेको कोठे कविता गाेष्ठी (कोक गोष्ठी)का सदस्यसमेत रहेका खकुरेल छन्दसाहित्यका ज्ञाता मानिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.