|

इलाम : शैक्षिक विकृति अन्त्यको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारी टंक गौतमको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

वर्तमान शिक्षा ऐन र नियमावली विरुद्व सञ्चालित विद्यालयमा बढेको अनियन्त्रित शुल्क तथा भर्ना अभियानमा लिंदै आएको अवैध भर्ना शुल्क रोक्न उनीहरुले माग गरेका छन्। चर्को शुल्क असुलेको आरोपमा बुधबार विद्यार्थी संगठनहरुले इलामका सबै निजी विद्यालयहरुको लेखा प्रशासनमा तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले सर्वोच्च अदालतको अवहेला गरी शुल्क वृद्धी गरेको आरोप लगाएका छन्।

उनीहरुले सर्वोच्च अदालतले ३ वर्षमा १ पटक शुल्क वृद्धी गर्न आदेश दिएपनि इलामका विद्यालयहरुले वर्षेनी शुल्क वृद्धी गर्दै अभिभावकहरुको ढाड सेक्ने गरेको बताए। अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश परियारले निजी विद्यालय व्यापारिक केन्द्रको बनेको बताए। निजी विद्यालयहरुले शिक्षा नियमावली विपरित किताब, कापीदेखि लिएर विद्यार्थीको ड्रेसहरु पनि चर्को शुल्क लिएर बिक्री गर्ने गरेको उनले आरोप लगाए।

३ विद्यार्थी संगठनहरुले शुक्रबार अपरान्ह जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा  लगाएको ताला शुल्क वृद्धी फिर्ता नभएसम्म नखुल्ने बताएका छन्। नेपालमा एक दशकमा निजी विद्यालयले १ सय ४२ प्रतिशतसम्म शिक्षण शुल्क बढाएको तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.