|

वीरगञ्ज : वीरगञ्जमा जारी प्रथम विशाल मेमोरियल गोल्डकपको उपाधिका लागि शनिबार सिएमजी सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। वीरगञ्जको नारायणी रङ्गशालामा हुने खेलमा दुवै टोली जित हासिल गर्ने उद्देश्यसहित मैदान उत्रिनेछन्।

यस सिजनमा विभिन्न गोल्डकपमा गरी पाँचपटक प्रतिस्पर्धा गरेका आर्मी र संकटाबीच चार पटक संकटाले बाजी मारेको छ। त्यसैले पनि संकटा क्लबको खेलाडीहरूको मनोबल उच्च रहेको प्रशिक्षक सल्यान खड्गी बताउँछन्।

त्रिभुवन आर्मी क्लबका टीम कोच नवीन न्यौपानेले विगतको हारको बदला लिने सोचमा रहेको बताए। यसअघि बिहीबार भएको सेमिफाइनल खेलमा आर्मीले नव जनजागृति क्लबलाई ३–० ले हराउँदै फाइनल पुगेको हो। संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराएर उपाधि नजिक पुगेको हो।

दुवै टोली बलियो भएकाले खेल निकै रोमाञ्जक हुने अनुमान गरिएको छ। उपाधि विजेताले नगद पाँचलाख र उपविजेताले नगद २ लाख पचास हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछ भने उत्कृष्ट खेलाडीले सुजुकी मोटरसाइकल पाउनेछन्।

 

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.