|

काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार विहानैदेखि पानी परेको छ। विहान सबेरैदेखि परेको मुसलधारे वर्षाले काठमाडौं उपत्यकामा जनजीवन प्रभावित भएको छ। विहान पर्न थालेको पानी मध्यान्हसम्म पटक पटक रोकिदै र पर्दै गरेको थियो। पानी परेका कारण काम विशेषले घरबाहिर निस्कनुपर्नेहरु समस्यामा परेका थिए। पानी परेका कारण चिसो पनि बढेको छ।  

अहिले प्रि मनसुन भएकाले पानी पर्ने नै सिजन रहेको मौसमविद सुजन सुवेदीले जानकारी दिए। नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको जलवाष्पयुक्त वायु क्रमश पूर्वी भेगतिर सर्ने क्रममा मध्य क्षेत्रमा बादल आइपुगेकाले ठूलो पानी परेको उनले बताए। 

सोमबार देशको पश्चिमी क्षेत्रदेखि मध्यक्षेत्रसम्म पानी परेको छ। पूर्वी क्षेत्रमा भने सामान्य मात्रै पानी परेको छ। पश्चिमी वायु क्रमश पूर्वतर्फ सरेकाले केही दिनमा मौसम खुल्दै जाने मौसमविद सुवेदीले बताए। 'भोलि पनि मेघ गर्जन सहित पानी पर्न सक्छ, केही दिनमा मौसम तुलनात्मक रुपमा सुधार हुँदै जानेछ, पूर्वतिर अझै केही दिन डिस्टर्व हुन सक्छ' उनले भने। 

हेर्नुस् पानी परेपछि काठमाडौं उपत्यकाको जनजीवन

फोटो अनुज बज्राचार्य/ दिपक केसी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.