|

काठमाडौं : सरकारले व्यवस्थापिका संसदमा पेस गरेको संविधानको दास्रो संसोधन विधेयकमाथि दजनौँ संशोधन परेको छ।

शनिबार साँझ ५ बजेसम्ममा ४५ बढी सांसदले व्यक्तिगतरुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्। संशोधन दर्ता गराउनेमा एमाले सांसदहरु भरतमोहन अधिकारी, डाक्टर राजन भट्टराई, रवीन्द्र अधिकारी, कृष्णभक्त पोखरेल, नेमकिपाका सांसद प्रेम सुवालदेखि करिब २ महिनाअघि नयाँ शक्तिमा आबद्ध भएकी सांसद गंगा चौधरी सत्गौवासमेत छन्।

साँझसम्ममा संशोधन हाल्ने प्राय विपक्षी दलका सांसदहरु छन्। संशोधन विशेष गरेर भाषा, नागरिकता, प्रदेशको सीमाङ्कन र प्रदेश सभा गठनमा बढी परेको छ। संविधानको दोस्रो संशोधन विधेयकको दफा ४, ५, ६, ७, ८, २७४ र २९६ लगायतमा संशोधन परेको संसद सचिवालयले जनाएको छ। विधेयकमा संशोधन हाल्न चाहनेका लागि शनिबार राति साढे १० बजेसम्मको समय छुट्ट्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.