|

चितवन : चितवनका छुट्टा–छुट्टै स्थानमा गैंडाको आक्रमणबाट १ जनाको मृत्यु भएको छ, अर्का एक घाइते भएका छन्। भरतपुर महानगरपालिका वडा नं. २८ स्थित सालबासमा गैंडाको आक्रमणबाट स्थानीय ५० वर्षीया सुकमाया कुमालको ज्यान गएको प्रहरीले जनाएको छ।

आफ्नै घर नजिकको जंगलमा घाँस काट्न गएका बेला कुमाललाई गैंडाले एक्कासि आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

यता चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा गैंडाको आक्रमणबाट एकजना घाइते भएका छन्। कालिका नगरपालिका– १ का ६५ वर्षका भिमबहादुर पाख्रिन निउरो टिप्न जाँदा गैंडाको आक्रमणमा परेका हुन्। उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.